बागलुङ/ नेकपा एमाले गलकोट नगर कमिटिले प्रमुख, उपप्रुख र ११ वटै वडाका उमेद्वारको नाम टुंगो लगाएको छ । एमालेबाट नगरप्रमुखकको उमेद्वारमा पूर्ण काउचा घर्ती र उपप्रमुखमा रुपा बिकलाई सर्वसम्मत सिफारिस गरेको हो ।
त्यस्तै वडा अध्यक्षको उमेद्वारहरु समेत सर्वसम्मत सिफारिस भएका छन् । वडा नं. १ मा पदम कार्की, २ मा टंक कार्की, ३ मा हर्क पन्त, ४ मा धन बहादुर खड्का, ५ मा दल बहादुर घर्ती र ६ मा सुरेश श्रीषको नाम सर्वसम्मत सिफारीस भएको छ । त्यस्तै वडा नं. ७ मा होम बस्नेत, ८ मा राम बहादुर परियार, ९ मा लाल बहादुर परियार, १० मा राम प्रसाद पुन र ११ मा बहालवाला वडा अध्यक्ष डम्मर श्रीष सिफारीस भएका हुन् । नगर कमिटिले सर्वसम्मत सिफारीस गरेका उमेद्वारहरुलाई पार्टीको जिल्ला कमिटिले टिकट दिने छ ।
कार्यक्रममा प्रदेश कमिटिका सदस्य कुल बहादुर के.सी, जिल्ला उपसचिव डम्मर श्रीष, सचिवालय सदस्य फडेण्द्र थापा र जिल्ला सदस्य श्यामलाल बिकले बोलेका थिए । कार्यक्रम पूर्ण काउचाको अध्यक्षता, रुपा बिकको स्वागत र दान बहादुर श्रीषको सञ्चालनमा सम्पन्न भएको थियो ।





