आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङमा झन् कसियो गठबन्धनको गाँठो

बागलुङमा झन् कसियो गठबन्धनको गाँठो


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७९, शुक्रबार

बागलुङ/ स्थानीय तह निर्वाचनका लागि मनोनयनको समय नजिकिँदै गर्दा पाँच दलिय गठबन्धको गाँठो थप कसिलो बन्दै गएको छ । गठबन्धनमा रहेका तीन दल मुख्य प्रतिस्पधि रहेका स्थानीय तहहरुको भागवण्डा मिल्न नसक्दा बागलुङमा पाँच दलीय गठबन्धनको छलफल टुंगोमा पुग्न नसेको हो ।

शुक्रबार  अबेरसम्म भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच पालिकाहरुको भागवण्डा मिलेको छैन् । माओबादी केन्द्रले ताराखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका आफुलाई नेतृत्व चाहिने दाबी गरेको छ । राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका तथा बडिगाड गाउँपालिका वा अर्को कुनै एक स्थानीय तह आफुलाई चाहिने दाबी कायम राखेको छ ।
अघिल्लो निर्वाचनमा जीत हाँसिल गरेको जैमिनी राजमोलाई छोड्ने मनस्थितीमा पुगेको कांग्रेसले बडिगाड गाउँपालिका नछोड्ने अडानमा छ । कांग्रेसले दुई नगरपालिका छोड्नु परेको भन्दै बाँकी एक एक गाउँपालिका लिएर गठबन्धनमा जान आग्रह गरेको भएपनि राजमो र माओवादी त्यसमा तयार नभएको छलफलमा सहभागि एक नेताले बताए ।
राष्ट्रिय जनमोर्चा र कांग्रेस मुख्य प्रतिस्पधि रहेको जैमिनी नगरपालिकामा दुवै दलको दाबी कायम छ । जैमिनीमा कांग्रेस पहिलो र राजमो दोस्रो शक्ति हुन् । तेस्रो शक्तिको रुपमा रहेको एमालेसँग प्रतिस्पर्धा गर्न दुवै दलले जैमिनीको प्रमुखमा दावी कायम राखेका छन् ।

अघिल्लो निर्वाचन एमालेले जितेको बडिगाडमा कांग्रेस, माओबादी र राजमोको दाबी छ । गठबन्धन हुँदा जित्न सहज हुने आँकलन गर्दै बडिागाड छोड्न नमानेकै कारण गठबन्धन टुंगोमा पुग्न नसकेको हो । नेता व्यवस्थापनका लागि तीनवटै दललाई बडिगाड गाउँपालिका सहज गाउँपालिका हो । कांग्रेस र राजमोका जिल्ला सचिव तथा माओबादी केन्द्रका जिल्ला संयोजक सहितका नेताहरु बडिगाड गाउँपालिकाका हुन् ।
‘सहमति हुने मामलामा कांग्रेस जैमिनी छोड्न तयार जस्तो देखिन्छ तर अन्य पालिकाको नेतृत्व जैमिनीसँग जोडिँदा टुंगोमा पुग्न सकिएको छैन्’ छलफलमा सहभागी एक नेताले भने ‘बडिगाड र ढोरपाटनमा अर्को समस्या छ ।’ गठबन्धनलाई बागलुङ नगरपालिकाको उपप्रमुख, काठेखोलाको उपाध्यक्ष, गलकोटको उपप्रमुख र ताराखोला, तमानखोला, बरेङ र निसीखोला गाउँपालिकाका उपाध्यक्ष कस्ले पाउने टुंगो लगाउन समस्या भएको छ ।
बागलुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको उमेद्वार उठाउने सहमति नजिक पुगेको गठबन्धनमा उपप्रमुख नेकपा एकिकृत समाजबादीले दाबी गरेको छ । राजमो र माओबादीले पनि स्वभाविक दाबी भन्ने गरेका छन् । अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुखमा एमाले र उपप्रमुख राप्रपाले जितेका थिए ।

काठेखोला गाउँपालिकामा अध्यक्ष कांग्रेसलाई दिँदा राजमो र समाजबादीले उपाध्यक्ष दाबी गर्दै आएका छन् । अघिल्लो पटक यहाँ उपाध्यक्ष जितेको राजमो नछोड्ने मानसिकतामा छभने समाजवादीले भागबिलो खोज्दै आएको छ । गलकोट नगरपालिकामा कांग्रेस प्रमुख र माओबादी उपप्रमुखमा उमेद्वारी दिने सहमतिको नजिक छन् । अघिल्लो निर्वाचनमा एक्लै लड्दा समेत दुवै पदमा विजयी भएको कांग्रेसले धेरै गुमाउनुपर्ने भन्दै निर्णय दिन सकेको छैन् । बडिगाडमा माओबादी र राजमोको उपाध्यक्षमा दावी छभने ढोरपाटनमा कांग्रेस र राजमोको दाबी छ ।

अघिल्लो निर्वाचनमा दुवै पद जितेको राजमोले बरेङको उपाध्यक्ष दिन तयार नहुने र कांग्रेसले दाबी नछोड्ने भएकाले पनि छलफल लम्बिएको ती नेताले बताए । माओवादीको भागमा परेको ताराखोलामा कांग्रेसले उपाध्यक्ष, कांग्रेसको भागमा परेको तमानखोलामा माओवादीले उपाध्यक्ष र निसीखोलामा जनमोर्चाले उपाध्यक्षको दाबी गर्दै आएका छन् ।

‘पालिकाहरुनै टुंगो लगोको छैन्, वडा तहसम्म टुंगो लाग्न समय लाग्छ’ उनले भने ‘शुक्रबार रातीसम्म भरपुर कसरत हुन्छ, भए शनिबार बिहानसम्म गबन्धन हुन्छ, नभए हात मिलाएर मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ गठबन्धनको बाटो हेरेको एमालेले तीनवटा स्थानीय तहबाहेक उमेद्वारको टुंगो लगाएको छैन् । गठबन्धन र एमाले दुवै पक्षका नेताहरुका अनुसार शनिबार राती वा आइतबार बिहान मात्रै उमेद्वारको अन्तिम टुंगो लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->