पोखरा/ राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा गोविन्द गुरुङ र उप–मेयरमा चिना दवाडीलाई उठाउने निर्णय गरेको छ । पोखरा–१५ निवासी युवा नेता गुरुङ राष्ट्रिय युवा मोर्चा, कास्की जिल्लाका अध्यक्ष हुन् । त्यस्तै पोखरा–६ निवासी युवा नेत्री दवाडी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीका जिल्ला अध्यक्ष हुन् ।
राप्रपा नेपाल कास्कीको शनिबार बसेको चुनाव केन्द्रित बैठकले उनीहरुलाई सो पदमा सर्वसम्मत चयन गरेको राप्रपा नेपाल कास्कीका जिल्ला सचिव सूर्य बास्तोलाले जानकारी दिए ।





