आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठेखोलामा कांग्रेस नेताले दिए वडाअध्यक्षमा स्वतन्त्र उमेद्वारी

काठेखोलामा कांग्रेस नेताले दिए वडाअध्यक्षमा स्वतन्त्र उमेद्वारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७९, आइतबार

बागलुङ/बागलुङको काठेखोला गाउँपालिकामा नेपाली कांग्रेस समर्थक एक नेताले वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ५ दहपानीका नेता होमनाथ कंडेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । कंडेलले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत हर्क खत्रीले बताए ।

उम्मेदवारी दर्तापछि कंडेलले यसअघिका स्थानीय तह निर्वाचन, प्रदेश र संघका निर्वाचनमा पनि आफुले उम्मेदवार हेरेर मतदान गरेको र आफु सधै समाजिक काममा सक्रिय रहेकाले आफुलाई पनि सबैले मतदान गर्ने बताए । कंडेलको प्रस्तावकमा सरीता कंडेल र समर्थकमा दुर्गादत्त रिजाल रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->