बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निर्वाचनका लागि झण्डै दुई हजार कर्मचारी परिचालन

निर्वाचनका लागि झण्डै दुई हजार कर्मचारी परिचालन


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७९, सोमबार

बागलुङ/ स्थानीय तह निर्वाचनका लागि बागलुङका १ सय ३ मतदान केन्द्रमा एक हजार ८ सय ४० जना कर्मचारी परिचालन हुने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको सूचीअनुसार जिल्लाभर झण्डै दुई हजार कर्मचारी परिचालन हुने भएका हुन् ।

जिल्लाभर रहेका दश स्थानीय तहमा १ सय ३ मतदान स्थलमा २ सय ३० मतदान स्थल रहेका छन् । सबै मतदान स्थलमा खटिने कर्मचारीका लागि तालिम दिएर तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले तयार गरेको तथ्यांकअनुसार २ सय तीस जना मतदान अधिकृत, २ सय ३० जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

जिल्लाभर ६ सय ९० जना कर्मचारी तथा सहयोगी र सोही संख्यामा स्वयंसेवक परिचलान हुने छन् । मतदानलाई सहज बनाउनका लागि कर्मचारीका लागि आवश्यक तालिम, बन्दोबस्तीका समाग्री र मतदानका लागि आवश्यक सामग्री तयार गर्ने काम भैरहेको छ । ‘एक दुई दिनमा नै टाढा टाढाका मतदान स्थलका लागि कर्मचारी हिंडिसक्नुहुन्छ, हामीले सोही अनुसार तयारी गरेका छौं’ शर्माले भने ‘वैशाख २८ गते बेलुकासम्म सबै कर्मचारी मतदान केन्द पुगिसक्नुहुन्छ ।’
जिल्लाभर १ लाख ९३ हजार ७ सय २५ जना मतदाता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचनको सुरक्षाका लागि समेत सबै तयारी पुरा भएको छ । जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनिती अनुसार सबै तयारी पुरा गरेर सुरक्षाकर्मिहरु निर्वाचन क्षेत्रमा परिचालन भैसकेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

जिल्लाभर १ हजार ३ सय ४७ जना प्रहरी परिचालन भएका छन् । तीमध्ये ८ सय जना म्यादी प्रहरी हुन् । नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो तयारी पुरा गरेको छ । ‘बन्दोबस्तीसहित हाम्रो सुरक्षा संयन्त्र मतदान स्थलसम्मै पुगिसक्यो, केहि सुरक्षा शक्ति मतपत्र सहित मतदान अधिकृतहरुसँग जानुहुन्छ’ उनले भने ‘ढुक्क भएर मतदान गर्नसक्ने वातावरण जिल्लाभर सिर्जना गरेका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->