शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर र नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर र नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ विजयी


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७९, शनिबार

मनाङ – जिल्लाको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले ३२० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

यसैगरी नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।
उपाध्यक्षमा एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भएका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->