बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता


  • ढोरपाटन संबाददाता
  • बैशाख ३१ २०७९, शनिबार

बागलुङ/बागलुङका तीन पालिकामा मतगणना जारी छ । तीनवटै पालिकामा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् ।

गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । एमालेका पूर्ण काउचाले ३ सय ५० मत ल्याएका छन् । यहा“ स्वतन्त्र उमेदवार मञ्जु शर्माको १ सय ५९ मत छ ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा बिकले ३ सय ६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् ।

ताराखोला गाउ“पालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर बिकले २ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिरम रोकाको ५२ र स्वतन्त्र उमेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोकाको २ सय ९६ मतले अग्रता लिएका छन् । एमालेका थममाया घर्तीले १ सय २ मत पाएका छन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले १सय ४७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्तीमगरले १ सय १३ मत पाएका छ्न । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १ सय ५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->