बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ताराखोलामा गठबन्धन, तमानमा कांग्रेस बिजयी

ताराखोलामा गठबन्धन, तमानमा कांग्रेस बिजयी


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १ २०७९, आइतबार

बागलुङ/स्थानीय तह निर्वाचनमा पालिका तहको परिणाम आउने क्रम शुरु भएको छ । परिणामले गठबन्धनका उमेदवारहरु बिजयी शुरुवात गरेका छन् । वडा तहमा भने एमालेका अध्यक्ष र सदस्य पनि बिजयी भैरहेका छन् ।

बागलुङ नगरमा गठबन्धनका उमेदवार अगाडि छन् । जैमिनीमा दुवै पक्षका वडा अध्यक्ष आउने क्रम छ । पालिका तहमा गठबन्धन अगाडि छ । गलकोटमा एउटा वडा बाहेक अधिकांसमा गठबन्धन बिजयी भैरहेका छन् । अन्य पालिकामा पनि गठबन्धनको बलियो मत देखिएको छ ।

परिणाम आएका मध्ये जिल्लाको सबैभन्दा दुर्गम तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढाले दोश्रो पटक प्रवेश पाएका छन् । स्थानीय तहको निर्वाचनमा उनी बिजयी भए ।

२०७४ सालमा भर्खर ३० बर्ष टेकेका बुढाले अध्यक्ष पद संहालेका थिए । अहिले ३५ बर्षको उमेरमा फेरी अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाले २ हजा ७ सय ७ मत ल्याएर निवाचन जिते । उनका निकटतम प्रतिद्वन्दी माओवादीका देबबहादुर पुनले १ हजार ९ सय ९५ मत पाएका थिए । एमालेका देबेन्द्र छन्त्यालले ३ सय ९२ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै हिराकुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर बिजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्दी माओवादीकै निसु रसाइलीले १ हजार ९ सय ५८ मत पाइन् । गाउ“पालिकाको वडा नंं १, २ र ४ मा माओवादी तथा वडा नंं ३, ५ र ६ मा कांग्रेसका वडा अध्यक्ष सहित प्यानल बिजयी भए । गठबन्धनबाट उमेदवारी दिने भएपनि यहा“ आफ्ना आफ्ना उमेदवार चुनावी मैदानमा थिए ।

बिद्यार्थी राजनीतिबाट उदाएका बुढाले छोटो समयमै पालिकाको अध्यक्ष बन्ने मौका पाएका थिए । मौकामा काम गरेको प्रचार समेत गर्न सफल भएकोले पार्टीले दोश्रो पटक पनि उनैलाई मैदानमा उभ्यायो । आन्तरिक बिबाद भएपनि अन्तिममा उनले आफ्नो पक्षमा मत परिणाम ल्याउन सफल भए । उनले फरक मत राखेका समकक्षीलाई पनि मिलाएर निर्वाचन हाक्न सफल भएका थिए ।

ताराखोलामा निर्वाचिन भएका धनबहादुर बिक जनयुद्धका घाइते हुन् । जनयुद्धपछि भने उनी व्यवसाय र राजनीतिक क्षेत्रमा सँगसँगै लागेका थिए । माओवादी केन्द्रको प्रदेश कमिटिका सदस्य समेत रहेका बिकले सत्ता गठबन्धनको टिकट पाएका थिए । निर्वतमान अध्यक्ष प्रकाश घर्तीले स्वतन्त्र उमेदवारी दिएपछि उनलाई सबैभन्दा ठूलो चुनौती थपिएको थियो । तर छिनो मत अन्तरले उनले घर्तीलाई पराजित गरे । बिकले २ हजार २ सय ८५ मत ल्याए । उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्रका प्रकाश घर्तीले २ हजार ९० मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोकाले ३ हजार ४ सय ३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका थममाया घर्तीले ५ सय ६१ मत पाएकी छिन् । ताराखोलाको ५ वटै वडामा गठबन्धनका उमेदवारहरु बिजयी भएका छन् । ताराखोला गाउ“पालिका वडा नंं १ मा यमबहादुर श्रीष, वडा नं. २ मा भद्रबहादुर घर्ती, वडा नं. ३ मा कर्णबहादुर भण्डारी, वडा नं. ४ मा जितबहादुर खत्री र वडा नं ५ मा मनबहादुर रोका बिजयी भएका हुन् ।

ताराखोलामा यस अघिकै कार्यकालमा पूर्वाधारले फड्को मारेको छ । बिकको काँधमा भने सडक स्तरीय बनाउने र सामाजिक क्षेत्रको बिकास गर्ने जिम्मा छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अबसर भित्राउनु उनको महत्वपूर्ण दायित्व भएको स्थानीयले बताए । कृषि र जलविद्युत क्षेत्रमा महत्वपूर्ण गन्तव्य बनाउने उनले यस अघिनै आफ्नो एजेण्डा अगाडि सारिसकेका छन् । गाउँपालिकाबाट पाउने सेवा सुविधामा पनि आस नगर्ने उनले घोषणा गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->