बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठेखोला-२ को अध्यक्षमा शर्मा पुन: बिजयी

काठेखोला-२ को अध्यक्षमा शर्मा पुन: बिजयी


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १ २०७९, आइतबार

बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ ।

भीमापोखरामा नेकपा एमालेका विद्यापति शर्माले १ हजार ३० मत सहित पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी गंगा थापालाई ४९ मत अन्तरले हराए । थापाले ९ सय ८१ मत प्राप्त गरिन । शर्माले २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाशमान थापालाई १ सय ७२ मत अन्तरले हराएका थिए ।

वडा सदस्यहरुमा पनि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला थापा, दलित महिला सदस्यमा बुद्धिकला किसान, खुल्ला सदस्यमा भिम बहादुर केसी र सुरेश थापा निर्वाचित भएका छन् ।

काठेखोला गाउँपालिकामा पाँच दलिय गठबन्धन र नेकपा एमाले विच चुनावी प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->