बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्तकुमार श्रेष्ठ बिजयी भएका छन् ।
श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाइ ५ हजार ८ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४ हजार ६ सय ७८मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका जनकराज पौडेलले ८ हजार ८ सय २१ मत पाए । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलस“गै २ हजार ३ सय मत अन्तरले पराजित भएका थिए । दोश्रोपटकको आमने सामनेमा श्रेष्ठले बाजी मारेका हुन् ।
उपप्रमुखमा माओवादीका राजु खड्काले १२ हजार ४ सय २७ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका संजय खड्काले ८ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडा मध्ये ११ वटामा गठबन्धनको तर्फबाट बिजयी भए । वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा एस, वडा नंं ४ माओवादीले र वडा नंं १२ मा स्वतन्त्र उमेदवारले जिते । वडा नंं ५, ६ र ७ भने एमालेले जित्यो ।





