बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जसले उर्जावान समय खर्चेको पार्टीबाट जित्न पाएनन्

जसले उर्जावान समय खर्चेको पार्टीबाट जित्न पाएनन्

हारबाट हार नमानेका कोपिलामणि : पार्टीमा रहँदा तीनपटक हारे, स्वतन्त्र भएर निर्वाचन जिते ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७९, बुधबार

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरको वडाध्यक्षमा कोपिलामणि शर्मा निर्वाचित भए । सत्ता गठबन्धन र नेकपा एमालेका दुई प्यानलका विरुद्धमा स्वतन्त्र प्यानल बनाएर मैदानमा होमिएका पाका नेता शर्मा स्वतन्त्र प्यानलसहित निर्वाचित भएका हुन् ।

२०४८ साल यता निरन्तर सत्तारोहणका लागि नेपाली कांग्रेसको संगठन भित्रबाट संघर्ष गरिरहेका शर्माले पहिलो पटक स्वतन्त्र भएपछि वडामा सत्ताको बागडोर सम्हाल्दैछन् । शर्मा नेपाली कांग्रेसका पाका, निष्ठावान नेता हुन् । उनले अमलाचौर गाउँविकास समितिको अध्यक्ष र वडाध्यक्ष गरी तीन पटक निर्वाचनमा होमिए ।

तीनै पटक रुख चिन्हबाट निर्वाचन लडेका शर्माले हार मात्रै व्यहोर्नु प¥यो । नेपाली कांग्रेस र रुख चिन्हबाटनै शर्मा वडाको अध्यक्षमा निर्वाचित हुन चाहन्थे । निरन्तर हारको शिकार भएका शर्माले जीतको अनुभुति त्यतिबेला गर्न पाए जव उनले पार्टीको निर्देशन विपरीत स्वतन्त्र उम्मेदवारी दिए । अन्ततः चौथो पटक पार्टी र चिन्ह छोडेर स्वतन्त्र मैदानमा पुगेपछि उनलाई निर्वाचित हुने अवसर मिलेको हो ।

लामो समय पार्टीको तल्लो तहको संगठनमा नेतृत्व गरेका पाका नेता भएकाले उनलाई स्वतन्त्र भएर लड्न कठिन थियो । तर, पार्टी भित्र र वर्तमान गठबन्धनमा देखिएका कतिपय असमझदारीले उनलाई पार्टी छोड्न बाध्य बनायो र वडाध्यक्षको रुपमा अब जनताको सेवामा उभ्यायो ।

२०३६ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य भएका शर्माले २०४६ सालयता निरन्तर अमलाचौर गाविस सभापति र अहिले वडा सभापति भएर नेतृत्व गरेका थिए । स्थानीय तह निर्वाचन–२०७९ मा सत्ता गठबन्धनमा रहेका पाँच दलले बागलुङ जिल्लाका दश स्थानीय तहका ८५ वडाको भागवण्डा गर्दा अमलाचौर राष्ट्रिय जनमोर्चाको भागमा प¥यो ।
पार्टीको नेतृत्व र गठबन्धनको निर्णय चित्त नबुझेका शर्माले अन्य पार्टीबाट समेत स्वतन्त्र विचार राख्नेहरुको जमात जम्मा गरे र वडा सदस्यसहितको प्यानल बनाए । उनको यही बुद्धिमत्ता सत्यसावित भयो र बागलुङ जिल्लामानै एकमात्रै स्वतन्त्र उमेद्वारले वडाध्यक्ष जित्ने पात्र बने शर्मा ।

‘उहाँप्रति सहानुभूति धेरैको थियो, लामो समय राजनीतिक संघर्ष गर्नुभयो, पार्टीका लागि र जनताका लागि लड्नुभयो’, अमलाचौरका युवा माधव शर्मा भन्छन् ‘जनताले न्याय गरेका हुन्, अब काम नगर्ने छुट उहाँलाई छैन् ।’
शर्मा २०४८ सालमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनका विरुद्धमा अमलाचौर गाविसको अध्यक्षमा उम्मेद्वार थिए । गठबन्धनका तर्फबाट राजमोका तेजेन्द्रप्रसाद ढकालले उनलाई हराए ।
२०५४ सालमा एमालेका खेम प्रकाश पाठक, राजमोका डिल्ली प्रसाद पौडेल र कांग्रेसबाट उनै शर्मा चुनावी मैदानमा थिए । पहिलो पटक भएको मतगणनामा धाँधली भएपछि दोस्रो पटक कांग्रेस र एमालेको गठबन्धन बन्यो । नत उनले पहिलो पटक जित्न पाए नत दोस्रो पटकमा उम्मेद्वार बन्न पाए । त्यो बेला एमालेबाट खेमप्रकाश पाठकले अध्यक्ष र कांग्रेसबाट मोहराज शर्माले उपाध्यक्षमा जीते ।

कापिलामणि पटक पटकको हारले हार खाएनन् । राज्यको पुन संरचना पछि २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षको रुपमा कांग्रेसको उमेद्वार भएर उनी मैदानमा उभिए । नेकपा एमालेका गुरुदत्त पाठकसँगको प्रतिस्पर्धामा होमिएका शर्माले ९३५ मत पाउँदा पाठकले ११८० मल ल्याएर जीते ।

२०७४ मा रुख चिन्हबाट लड्दा जीत हाँसिल गरेका प्रतिस्पर्धी उनै गुरुदत्त पाठकले ८०१ मत ल्याउँदा उनले १३३८ मत पाएर विजयी भए । गठबन्धनका उम्मेद्वार राजमोका लोकनाथ शर्माले १ सय ७८ मत पाए । आफ्नो जीवनको उर्जावान समय नेपाली कांग्रेसको संगठनका लागि खर्चेका शर्माले नत कांग्रेस भनेर जित्न पाए नत रुख चिन्ह लिएर । स्वतन्त्रको हैसियतले निर्वाचन जितेका शर्माले स्वतन्त्रकै हैसियमा काम गर्लान वा नगर्लान् ? सयमले समिक्षा गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->