आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७९, बुधबार

पोखरा/ सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो । यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत वृद्धि भएको छ । सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो। उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ । तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->