पोखरा/ नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले आफू एमालेका उम्मेदवारलाई हराउन नलागेको प्रष्टोक्ति दिएका छन् ।
पोखरामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउने भन्दै उनका स्वकीय सचिव मनोज पहारी र अर्का व्यक्तिको अडियो सार्वजनिक भएपछि पहारीको धारणा आएको हो । प्रदेश सांसदसमेत रहेका पहारीले मनोज आफ्नो सचिवालयमा नरहेको पनि जिकिर गरेका छन् । पार्टीको विजयका निम्ति अहोरात्र खटिएको जिकिर गर्दैउनले आफ्नो चरित्रहत्या गर्ने नियोजित षड्यन्त्र गरिएको पनि प्रेस विज्ञप्तिमार्फत् जिकिर गरेका छन् ।





