बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको बडिगाड गाउँपालिकामा कांग्रेसकी गण्डकी अधिकारी थापा बिजयी भएकी छिन् । बुधवार सम्पन्न मत गणनामा थापाले ७ हजार २ सय७३ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ७ सय मत ल्याए । बिजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् ।
थापा कांग्रेस जिल्ला सचिव समेत हुन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन बिजयी भए । वनले ७ हजार १ सय ३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी मिनकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत पाइन् । वन राजमोको युवा नेता हुन् । गत निर्वाचनमा वनपनि पराजित थिए । वडिगाडका १० वटा वडा मध्ये कांग्रेसले ३ वटा वडा जितेको छ । गठबन्धनकै तर्फबाट माओवादीले २ र राजमोले २ वडा जितेको छ । एमालेले ३ वटा वडा जितेको हो ।





