आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चार सय सडक योजना हटाइयो

चार सय सडक योजना हटाइयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७९, शुक्रबार

पोखरा/ अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको १ हजार ४ सय वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताएका छन् ।
अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए । मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको दाबी गर्दै त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताए ।

अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए । उनले भने, ‘विगत सरकारले गरेका कार्यक्रमहरुलाई न्यूनीकरण गरियो की भन्ने प्रश्न छ त्यो भ्रम मात्रै हो। अघिल्लो सरकारले ल्याएका १४ सय सडकहरू २४ लाखका थिए । त्यसलाई कार्यन्वयन नगर्ने भनेर राखेको थिएँ । प्रतिस्थापन विद्येयक राख्दा त्यो कुरामा समग्रलाई राखेर सबै कटाइयो भनेको जस्तो गरियो। त्यी सडक बनेर लाभ दिने र खर्च हुने अवस्थाहरु पनि थिएन । त्यसमा टेण्डर भएर अगाडि बढेका आयोजनालाई रोकिएको छैन । १४ सयमा घटेर आएको भन्दा बाहेक अन्य बजेट अघिल्लो सरकारले ल्याएको बजेट नै यो सरकारले कार्यान्वयन गरिरहेको छ ।’ उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार, सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री शर्माले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिकता त्यता तिर रहेको बताए ।

उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताए ।

अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकुलता रहेकाले अनकुलतालाई प्रयोग गरेर मुलुकको गरिवी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->