बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बागलुङ नगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७९, शुक्रबार

बागलुङ/ बागलुङ नगरपालिकाका नव निर्वाचित प्रमुख, उपप्रुख र वडाअध्यक्ष तथा वडा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको नतिजाआए सँग बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधिलाई विहिबार सपथ ग्रहण गराईएको हो । उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई सपथ ग्रहण गराएका थिए भने नगर उप–प्रमुख राजु खड्का, सवै वडा अध्यक्ष र वडा सदस्यहरुलाई नगरप्रमुख श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराए । बागलुङ नगरपालिकाका १४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले एकै पटक सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण पश्चात बोल्दै नगरप्रमुख श्रेष्ठले अबको पाँच वर्ष जनताको सुख दुःखको सारथी बन्दै सवै नगरबासी प्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधिले अबको नगरपालिका कस्तो बनाउने भन्ने योजना सहित आएको र सवै हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्ने बताए ।

श्रेष्ठले निवर्तमान नगरप्रमुख जनकराज पौडेलका पाँच वर्षको अनुभवलाई समेटेर उनको निरन्तर सहयोगका साथ अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->