आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

न्यु एभरेष्टको स्वागत तथा पुरस्कार

न्यु एभरेष्टको स्वागत तथा पुरस्कार


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १४ २०७९, शनिबार

बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङले शुक्रबार नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका पुरस्कार तथा सम्मानका कार्यक्रम यसपटक गरिएको हो ।

स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले व्यवहारिक शिक्षामा विद्यालयहरुले ध्यान दिनुपर्नेमा जोड दिए । उनले विद्यार्थीको रुची र चाहनालाई हेरेर पठनपाठन गराउनुपर्ने बताए । विद्यालयले सबै कक्षामा शैक्षिक सत्र २०७७ र २०७८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।

त्यस्तै विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरुमा सहभागि भएर उत्कृष्ट भएका तथा विद्यालयको तर्फबाट बिभिन्न प्रयोगितात्मक कार्यक्रममा सहभागि भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नवआगन्तुक विद्यार्थी तथा उनीहरुका अभिभावकलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->