आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मूल्यवृद्धि फिर्ता र पाठ्यपुस्तक अभाव समाधान गर्न माग

मूल्यवृद्धि फिर्ता र पाठ्यपुस्तक अभाव समाधान गर्न माग


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १४ २०७९, शनिबार

पोखरा/ एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले मूल्यवृद्धि र पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत् शुक्रबार प्रधानमन्त्रीलाई पत्र पठाएर संगठनले पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि र पाठ्यपुस्तक अभावबारे सरकारको ध्यानाकर्षण गराएको हो । अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष विजय पौडेलले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मूल्यवृद्धि फिर्ता लिइ त्यसको दीर्घकालीन समाधान खोज्न संगठनले माग गरेको छ ।

यसैगरी विद्यालय खुले पनि पाठ्यपुस्तक अभावले विद्यार्थीको अध्ययनमा असहज अवस्था सिर्जना भएकाले गम्भीर हुन अनेरास्ववियु कास्कीले सरकारसँग माग गरेको छ । ध्यानाकर्षण पत्र बुझाउन केन्द्रीय सदस्य महेन्द्र उपाध्याय र अनुप लामिछाने, जिल्ला उपाध्यक्ष सन्तोष पोखरेल, सचिव विनय पराजुलीलगायत विद्यार्थी नेता शुक्रबार प्रमुख जिल्ला अधिकारीकहाँ पुगेका थिए । आफूहरुले राखेका माग पुरा नभए संगठन कडा प्रतिवादमा उत्रने चेतावनी पत्रमार्फत सरकारलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->