आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लेते क्षेत्रमा भेटिएन जहाज, खोजी टोली मानापाथी हिमालतर्फ जाँदै

लेते क्षेत्रमा भेटिएन जहाज, खोजी टोली मानापाथी हिमालतर्फ जाँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७९, आइतबार

काठमाडौं/ जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन बनेपछि खोजीका लागि गएको टोली मानापाथी हिमालतर्फ जाने भएको छ । थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फ हिँड्न लागेको हो ।

धौलागिरी र मानापाथी हिमालको फेदतिर जहाज खसेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि लेते क्षेत्रबाट सम्पर्कविहीन भएको हुनसक्ने आशंकाले त्यहाँ प्रहरी, सेना, सशस्त्रको टोलीले खोजी गरेको थियो । तर, त्यस क्षेत्रमा पनि जहाजको कुनै अवशेष नपाइएपछि टोली धौलागिरी र मानापाथी हिमालतर्फ जान लागेको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमाल हिराचनले बताए ।

उनले भने, ‘अब शंकास्पद क्षेत्र भनेको धौलागिरी हिमाल र मानापाथी हिमालको तलतिर हुन सक्छ । मौसममा सुधार आयो भने हेलिकोप्टरबाट खोज्न जाँदा केही भेटिन्छ भन्ने लागेको छ ।’

जहाज खोज्न गएको नेपालीको सेनाको हेलिकप्टर भने मौसम खराबीको कारण कोवाङ भन्ने ठाउँमा अवतरण गरिएको छ । बादल लागेको कारणले हेलिकोप्टर उड्न सकेको छैन । जहाज खोजीका लागि मुस्ताङको विभिन्न ठाउँमा टोली खटाइए पनि कुनै सूचना नआएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->