आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

नागरिक उड्डयन प्राधिकरणले भन्यो – सम्पर्कविहीन जहाजको अवस्था अहिलेसम्म अज्ञात छ

नागरिक उड्डयन प्राधिकरणले भन्यो – सम्पर्कविहीन जहाजको अवस्था अहिलेसम्म अज्ञात छ


  • Dhorpatan News
  • जेष्ठ १५ २०७९, आइतबार

काठमाडौं / आइतबार बिहान १०ः११ बजेदेखि सम्पर्कविहीन तारा एयरको जहाजको अवस्थामा अहिलेसम्म अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजविन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म अवस्था अज्ञात रहेको बताएको हो ।

‘ट्वीन अटर विनानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भुगोलका कारण हालसम्म उक्त वायुयानको अवस्था अज्ञात रहेको छ’ प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहने गरी खोजविन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा समेत जानकारी गराइन्छ ।’

यसअघि नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले स्थानीयलाई उदृत गर्दै मुस्ताङको मानापाथी हिमालको पहिरोमुनि लाम्चे खोलाको मुहानमा तारा एयरको विमान दुर्घटना भएको देखिएको सूचना आएको बताएका थिए । नेपाली सेनाको फौज स्थल र हवाई मार्गबाट त्यसतर्फ गइरहेको सिलवालको भनाइ थियो । तर हालसम्म त्यहाँको विस्तृत विवरण आइसकेको छैन ।

यसैबीच, तारा एयरले पनि विज्ञप्ति जारी गर्दै पोखराबाट जोमसोमका लागि बिहान ९ः५५ मा उडेको जहाजको खोजी कार्य जारी रहेको बताएको छ । विमान अन्तिम पटक १०ः०७ मा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा रहेको विज्ञप्तिमा भनिएको छ । खोजीमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्दार टोली परिचालित रहेको भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->