आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं पु-याईयो

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं पु-याईयो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं /तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं पु¥याईएको छ ।

तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ ।

‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।

त्यस्तै संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->