पोखरा/ विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटनामा परेको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा दुर्घटनाग्रस्त जहाजबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ लिन’पर्ने ठाउँमा ‘लेफ्ट टर्न’ लिदाँ दुर्घटना भएको प्रारम्भिक अध्ययनबाट देखिएको बताए ।





