आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी प्रदेशमा छैन खाद्य विषादी मापन प्रयोगशाला

गण्डकी प्रदेशमा छैन खाद्य विषादी मापन प्रयोगशाला

गुणस्तर मापन प्रयोगशालाको भने संचालनमा आउने ।


  • विजय नेपाली
  • जेष्ठ २० २०७९, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशमा अब खाद्य प्रयोगशाला बन्ने भएको छ । आम नागरिककोे स्वास्थ्यसंग जोडिएको अत्यावश्यक खाद्यन्नको अनुगमन हुने गरेपनि अहिलेसम्म खाद्यन्नको गुणस्तर मापन भने हुन सकिरहेको छैन् । सामान्य मापन गदैृ आइरेहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अब भने प्रयोगशालासमेत संचालन गर्ने भएको हो ।

कार्यालयका प्रमुख शिवजी बरालले प्रयोगशालाका लागि २६ लाखको टेन्डर परिसकेको र आगामी १ महिनामानै प्रयोगशाला समेत संचालनमा ल्याउने बताएका छन् । उनले खाद्यान्नको अनुगमन गर्न बजारमा जाँदा मिति गुज्रिएको र लेभलमात्रे हेर्ने गरेको सुनाए । ‘हामीले चाहेर पनि यहाँ परीक्षण गराउन सक्दैनौँ । खाने तेल मापन गर्ने र फ्रिजको ताप मापन गर्ने थर्म गनर र पोलार मिटरमात्रै छ, त्योबाहेक हामीसंग पुर्वाधार नै छैन्’, उनले भने,‘बजार अनुगमनमा धेरै समस्या देख्छाँै तर हामीलाई स्थलगत कार्वाहीको अधिकार पनि छैन् । अब चाँडै नैे खाद्य गुणस्तर मापन प्रयोगशाला संचालनमा ल्याउँदैछौँ । ’

कार्यालयले विशेष गरी अति संवेदनशील खाद्यान्नको अनुगमन गरिरहेको उनले बताए । प्रयोगशालामा विषादीको मात्राबाहेक अन्य सबै अर्थात् खाद्यान्नको गुणस्तरको मापन हुनेछ । विषादी मापन भने गण्डकी प्रदेशमै हुँदैन् । देशका अन्य शहर विराटनगर, हेटौंडा, जनकपुर, नेपालगंज, धनगढि, भैरहवा र धनगढिमा विषादी मापन तथा खाद्य प्रयोगशाला रहे पनि गण्डकीका कुनै पनि जिल्लामा प्रयोगशाला छैन् । विषादी मापन गर्नका लागि स्पेक्टो फोटोमिटरको आवस्यकता पर्ने त्यसको मूल्य थोरैमा पनि ५० लाख रुपैयाँ पर्न जाने प्रमुख बरालले जानकारी दिए । ‘विषादी मापन यन्त्र अलि महँगो पनि छ । हामीले गण्डकी प्रदेशको कृषि मन्त्रालयसंग छलफल गरिरहेका छौँ ।अहिले जीवनसँग जोडिएको अति संवेदनशील क्षेत्रकै आवश्यक पुर्वाधार छैन् ।’

बुधबारदेखि मंगलबारसम्म विभिन्न कार्यक्रम गर्दै विश्व खाद्य स्वच्छता दिवस समेत मनाइँदैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गरेको उनले जानकारी दिए ।

खाद्य स्वच्छता कायम गर्ने क्रममा यो १ वर्षमा खाद्य ऐन नियम अनुसार १ सय १९ खाद्य नमूना संंकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएको थियो । जसमा ४६ वटा परीषणको रिर्पोट आउँदासम्म ४ वटा नमुना प्रतिकुल पाइएको छ । उक्त नमुनाको प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित क्षेत्रमा पठाउने काम भएको कार्यलय प्रमुख बरालले जानकारी दिए । उनका अनुसार पोखरा नुडल्सले उत्पादन गरेको चाउचाउ र नेपा फ्रेस पानी दुषित देखिएकाले अदालतमा मुद्दा परेको छ । खाद्य अनुगमनमा कारवाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय रहेको र त्यहाँ नभए अदालतमा जाने गरेको उनले बताए । लेभल स्तरका मुद्दा प्रशासन कार्यालयले हेर्ने र १० हजार रुपैयाँसम्म जरिवाना गरेर छाड्ने गरेको छ । अदालतमा पुगेको मुद्दामा न्युनतम् ५० हजार रुपैयाँ वा ५ वर्ष कैद वा दुवे सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->