आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जिसस कास्कीमा एमाले विजयी

जिसस कास्कीमा एमाले विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेदवार दीपेन्द्र ढकालले ४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल काँग्रेस र थापा माओवादीबाट उम्मेदवार थिइन् । ५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो । काँग्रेसले २ पालिकाको अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको हो ।

सदस्यहरूमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->