पोखरा/पृथ्वी नारायण क्याम्पसमा आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
एशोसिएसन अफ सि.एस.आई.टी.को आयोजनामा भएको प्रतियोगितामा माउण्ट अन्नपुर्ण क्याम्पस प्रथम भएको । पृथ्वी नारायण क्याम्पसका दोस्रो भएको छ ।
भने माउण्ट अन्नपूर्ण क्याम्पसकै अर्को टिमले तेस्रो स्थान हासिल गरेको छ । संस्थाका उपाध्यक्ष उज्जवल पौडेलले आइ टि विद्यार्थीहरुको बिचमा प्रतियोगिता हुदाँ विद्यार्थीको ज्ञान थप विकास हुने बताए ।
उनले ज्ञानका लागि यस्ता फलदायी हुने कार्यक्रमहरु ल्याइराख्ने र विद्यार्थीहरुलाई एकीकृत बनाउन सद्यँै अघि रहने समेत बताए ।
कार्यक्रमको प्रायोजकका रुपमा सोच कलेज अफ आइ टी, माउण्ट अन्नपूर्ण क्याम्पस, मेरो चित्र वेर्यस र ह्मभशय ग्रुप रहेका थिए । फुड पार्टनरका रुपमा नेवारी किचन र स्पाइसि किचन रहेका थिए।
कार्यक्रमको अध्यक्षता गरिरहेका एसिएसका अध्यक्ष केशव बाँनियाले कार्यक्रमलाई सफलता पुर्वक सफल बनाउनका निम्ति भुमिका खेल्ने सम्पूर्णलाई स–धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं वि.एस.सी. सिएस आईटीका कार्यक्रम निर्देशक मिन राज लम्साल, चुडामणि सुवेदि, हिमलाल पराजुली, होमनाथ शर्मा, देविलाल तिमील्सिना, रसिक न्यौपाने, शंकर लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृति ढकाल र आशा थापाले गरेकी थिइन् ।





