तनहुँ/ तनहुँमा तीन वर्षको बीचमा चितुवाको आक्रमणबाट ११ बालबालिकाको ज्यान गएको छ । तनहुँको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको हो भने कयौँ घाइते भएका छन् ।
चितुवाको सबैभन्दा बढी आक्रमण भानु नगरपालिकामा भएको छ । पछिल्लो दिनमा भने बन्दीपुर क्षेत्रमा पनि चितुवा आतंक बढेको छ । शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई घाइते भएपछि त्यहाँ पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।





