बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–२ का सर्वसाधारणले नजिकको सरकारसँग बिकासको आशा रहेको बताएका छन् । आगामि वर्ष ०७९÷८० को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि छलफलमा जुटेका सर्वसाधारणले आफ्ना दिन दैनीकिका समस्यासँग नजिकको सरकार साथमै हुनुपर्नेमा जोड दिए ।
विभिन्न पक्षसंगको छलफल र अन्तरक्रियामा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाउने बताउदै शिक्षासँगै गाउँपालिका र स्वास्थ्य सँग गाउँपालिका कार्यक्रम सञ्चालन गरी विशेष योजनाका साथ अगाडी बढ्ने बताईन ।
यसैबिच बडिगाड गाँउपालिकाको वडा नं. २ खर्वाङले पनि आगामि पाँच वर्षमा वडामा गर्ने विभिन्न योजनाका विषयमा सरोकारवाला सँग छलफल गरिरहेको छ । छलफलका क्रममा सरोकारवालाले सडक, स्वास्थ्य र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिएर काम गुर्न प्रर्ने बताएका छन ।
आगामि वर्षको योजना निमार्णमा टोलटोलमा गरिएको भेलामा वडाको बजेटले नै नपुग्नेगरि माग आएको वडा सचिव गिता देवि रेग्मी शर्माले बताईन् । उनले समृद्ध वडा निमार्णको लागि सरोकारवालाले प्राथमिकताको आधारमा योजना छनोट गनुपर्नेमा जोड दिईन् ।





