शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

स्थानीय तहको प्राथमिकता भौतिक पूर्वाधारमै

स्थानीय तहको प्राथमिकता भौतिक पूर्वाधारमै

सबैजसो स्थानीय तहले घुमाउरो तरिकाले वितरणमुखी योजनाहरू घुसाएका छन् ।


  • हरिकृष्ण गौतम
  • असार १४ २०७९, मंगलबार

म्याग्दी/म्याग्दीका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷०८० का को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राथमिकतामा परेको छ । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकाले नीति तथा कार्यक्रममा र बजेट सार्वजनिक गदैं आर्थिक समृद्धिको आधार बनाएर आगामी आवकोे योजना तय गरेको जनाएका छन् । म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटमा गएको पाँचख बर्षको कार्यकालको झल्को दिने गरी पहिलो प्राथमिकता भने सडक नै देखिएको छ भने कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका कार्यक्रमहरू समेत समेटिएको छ ।

गाउँ नगरका आगामी नीति, कार्यक्रममा जनप्रतिनिधिले आफ्ना प्रत्यक्ष सहभागितामा हुने गरी नयाँ कार्यक्रमहरू समेटिएका छन् । स्थानीय सरकारका पहिलो प्राथमिकतामा परेका योजनाहरूमा सडक परे पनि नयाँ ट्रयाक खन्नेभन्दा पनि स्तरोन्नतितर्फ जोड दिएका छन् । बेनी नगरपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्मा मेयर कार्यक्रम’ सञ्चालनसहित एक करोड पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमसहित ५७ लाख ५० हजार विनियोजन गरिएको छ । यो दुबै कार्यक्रम मेयर र उपमेयरले पदस्थापना कार्यक्रममै घोषणा गरेका थिए । नियमित बजेट बाहेक विगतका अपुरा योजनाहरू कार्यान्वयनलाई समेत बजेटमा जोडिएको छ ।गाउँपालिकाले विनियोजन गरेको बजेटमा सबैभन्दा धेरै सामाजिक विकासतर्फ छुट्टाएको छ । सबैजसो स्थानीय तहले घुमाउरो तरिकाले वितरणमुखी योजनाहरू घुसाएका छन् बजेटमा केही नयाँपन भएपनि प्रचार गरेजस्ता नयाँ कार्यक्रमभन्दा पनि कार्यकर्ता रिझाउने, निर्वाचन लक्षित र कनिके योजनाहरू समेत उल्लेख छ ।

बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । ११औं नगर सभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख र पूँजीगततर्फ २७ करोड आठ लाख रुपैयाँ रहेको छ । रघुगंगा गाउँपालिकाले ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । १३ औँ गाउँ सभामा सामाजिक सुरक्षा भत्ताबाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुूँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरेको छ। मालिका गाउँपालिकाले ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा तथा संरक्षण भत्ताबाहेक बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार रुपैया र पूँजीगततर्फ १८ करोड २० लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । मंगला गाउँपालिकाले ४२ करोड ३४ लाख ७० हजार रुपैया बजेट सार्वजनिक गरेको छ । १३ औँ गाउँ सभामा प्रस्तुत भएको बजेटमा चालुतर्फ २७ करोड ७९ लाख ७० हजार रुपैयाँ र पूँजीगततर्फ १४ करोड ५५ लाख ( ३४.३५) प्रतिशत बजेट प्रस्तुत भएको छ ।

धवलागिरी गाउँपालिकाले ४० करोड ४९ लाख ४९ हजार रुपैया बजेट पारित भएको छ । मुनामा सम्पन्न १६ औँ गाउँसभामा बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक सो बजेट सार्वजनिक गरेको छ । अन्नपुर्ण गाउँपालिकाले अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १५ औँ गाउँसभामा सार्वजनिक बजेटमध्ये चालु खर्च तर्फ ३३ करोड १५ लाख ३७ हजार ४०० रुपैया र पूँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ २ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ । म्याग्दीका स्थानीय तहले यूवाको सिपलाई गाउँमै टिकाउने, उनीहरुको सिप विकाउने योजना बनाउन भने चिप्लिएको यूवाहरूको गुनासो छ । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र सबै स्थानीय तहको बजेट पेस गरिसक्नुपर्ने भएकाले नयाँ योजनामा भन्दा पनि प्रक्रियागत र विगतकै शैलीहरूमा बजेट आएको यूवाहरूको गुनासो छ । त्यस्तै जीवन निर्वाहमुखी कृषि पेसाबाट कसरी आयमूलक कृषि पेसामा रूपान्तरण गर्ने गरी छुट्टै कार्यक्रम बनाउन जनप्रतिनिधिले कन्जुसाई गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->