स्याङ्जा/ पुतलीबजार नगरपालिका ३ मजुवामा सवारी साधन रोकी रकम माग गर्ने दुई युवालाई पक्राउ गरेको छ ।
प्रहरीले पुतलीबजार नगरपालिका ३ का २४ वर्षीय प्रशान्त गोर्खाली र २३ बर्षिय सौगात जीटीलार्य पक्राउ गरेको हो । सिद्धार्थ राजमार्गमा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२२२ नम्बरको ट्रक जबरजस्ती रोकी चालक आँधिखोला गाउँपालिका ४ का प्रदीप बिकसँग रकम माग गर्ने दुईलाई पक्राउ गरेको हो । प्रहरीले दुई युवालाई पक्राउ गरी अभद्र व्यवहार मुद्धामा थप अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताए ।





