बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा धान दिवश मनाइयो

बागलुङमा धान दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७९, बिहिबार

बागलुङ/बागलुङमा १९ औं राष्ट्रिय धान दिवश मनाइएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा दिवश मनाइएको हो ।
बानपा–८ सिगानाको ओखलढुंगा फाँटमा आयोजित धान दिवश तथा हिलो खेल्ने कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे । उनले उत्पादन बढाउने कार्यक्रम बनाउने र आन्तनिर्भर कृषि अर्थतन्त्र बनाउन योजना बनाउनुपर्ने र त्यसलाई स्थानीय सरकारले पनि लगानी गर्दै प्रवद्र्धन गर्ने बताए ।

कार्यक्रममा बागलुङमा सामुहिक धान रोपाइ तथा हिलो खेलेर सबै रमाएका थिए । कृषि ज्ञान केन्द्र बागलुङको यो अभियानमा बागलुङ नगरपालिका, मिर्मिरे कृषि सहकारी, जिल्ला कृषि सहकारी संघले साथ दिएका थिए । बिदेशबाट मल आएन भनेर बस्नु भन्दा जैविक मल बनाएर आत्मनिर्भर बन्नुपर्ने श्रेष्ठको भनाइ थियो ।

दिवशको अबसरमा सबैले हिलो खेल्दै धान समेत रोपेका थिए । बास्तविक किसानसम्म सरकारको कार्यक्रम, बजेट र मल तथा बीउ नआएको भन्दै समयमा पुग्ने वातावरण बनाउनुपर्ने सहकारीका अध्यक्ष गंगाबहादुर थापाले बताए । थापा किसान परिचयपत्र पाउने नेपालको पहिलो किसान हुन् । कृषिप्रधान देश भएकोले असारको १५लाई नेपालीले महोत्सवको रुपमा मनाउनु पर्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताए ।

कार्यक्रममा दही चिउरा खाने र पञ्चेबाजा बजाएर रमाइलो समेत गरिएको थियो । कार्यक्रममा अतिथि बनेर पुगेका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल सहित कार्यालय प्रमुख, जनप्रतिनिधि र स्थानीयले पनि हिलो खेल्दै धान रोपेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->