बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

न्यु एभरेष्टमा जुरेश

न्यु एभरेष्टमा जुरेश


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७९, मंगलबार

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङमा विद्यालयस्तरीय जुनियर रेडक्रस सर्कल (जुरेस) गठन गरिएको छ । विद्यालयस्तरका विद्यार्थीहरुलाई रेडक्रसमा संलग्न भएर मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वयंसेवा कार्यमा प्रेरित गर्न जुरेश गठन गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीको प्रमुख संरक्षकत्वमा गठित १३ सदस्यीय जुरेस समितिको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत छात्रा मेग्ना नेपाली चयन भएकी छन् । समितिको उपाध्यक्षमा ऋतिक सुनार, कोषाध्यक्षमा गौरव थापा, सचिवमा सुहाना पन्त र सहसचिवमा दिव्या गौतम चयन भएका छन् ।

सदस्यहरूमा सन्देश पौडेल, पुजा सापकोटा, स्वीकृति बोगटी, ओलिप खनाल, अनुषा कंडेल, सिद्दार्थ परियार, जेनिशा लामा, सानिया बोहोरा रहेका छन् । जुरेसका शिक्षक संयोजकमा माधव शर्मा चयन भए । कार्यक्रममा बोल्ने शिक्षकहरुले मानव सेवा, परोपकार, समाज सेवामा विद्यार्थीहरुको महत्त्वपूर्ण भूमिका रहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->