शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको चिउरीमा जिल्लाकै लामोे झोलुङ्गे पुल

स्याङ्जाको चिउरीमा जिल्लाकै लामोे झोलुङ्गे पुल


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७९, बुधबार

स्याङ्जा/ गल्याङ नगरपालिका ७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुल बनेको छ । एक करोड ८३ लाखको लागतमा बनेको यो जिल्लाकै लामो र अग्लो पुल हो । पुलको लम्बाइ ३६८ मिटर रहेको छ । यो जिल्लाकै अग्लो पुल पनि हो ।

गल्याङ र पेलाकोटका नागरिकलाई पुल निर्माणले आवत–जावत गर्न र सिद्धार्थ राजमार्गमा पुग्न सहज भएको छ । पुल निर्माणले चार घण्टाभन्दा बढी समय लगाएर सिद्धार्थ राजमार्गमा आउनुपर्ने बाध्यता छोट्याएसगै स्थानिय खुसी भएका छन् ।यसले आँधीखोला गल्छीको बाटो छोट्याएको हो ।

२०७७ असारमा नुवाकोटको एसए शैलेन्द्र जेभीलेले सम्झौता गरेर निर्माण सुरु गरेको पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरेर एक बर्ष पछि निर्माण सकिएको हो । निर्माण कम्पनीले २०७९ साउन २० गते समम निर्माण गर्ने गरी समय थप गरेको मा पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । पुल निर्माणसँगै जिल्लाको लामो र अग्लो पुलमा टिकटक बनाउने र फोटो खिच्ने तथा पर्यटकको आकर्षण बढेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->