बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण

आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७९, बुधबार

पोखरा/ सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथामसम्बन्धी एकदिने अभिमुखीकरण मंगलबार पोखरामा सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोसिस र सिबिएम ग्लोवलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण भएको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र मानसिक स्वास्थ्यको बारेमा कार्यपत्र प्रस्तुत गदै मानव मानवबीचमा समानता कायम हुनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य र मानव अधिकारबीच अन्तर सम्बन्ध भएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी सल्लाहकार मानशिक स्वास्थ्य विभागीय प्रमुख डाक्टर लिया बैद्यले डिप्रेसन नै आत्महत्याको प्रमुख कारण भएको बताइन् । धरैजसो आत्महत्याहरु रोकथाम गर्न सकिने उनको भनाइ थियो ।कोसिसका कार्यक्रम संयोजक सुुदिप घिमिरेले संस्थाले मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुलाई परामर्श दिँदै आएको उनले बताए ।कार्यक्रममा सहभागी प्रहरीहरुले रातिको समयमा घाइते वा कुनै पनि बिरामीलाई अस्पतालको इमरजेन्सीमा लैजादा उपारमा समस्या हुने गरेको गुनासो गरेका थिए । यसरी उपचार नहुँदा बिरामीमा मानिसक समस्याहरु उत्पन्न हुने बताउँदै यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा विभिन्न निकायका ३७ जना प्रहरीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->