शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा असार महिनामै ७० करोड खर्च

म्याग्दीमा असार महिनामै ७० करोड खर्च

२९ प्रतिशत विकास बजेट खर्च भएन् ।


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७९, मंगलबार

बेनी/ म्याग्दीमा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा झण्डै ७० करोड खर्च भएको छ । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् ।गत आवमा जिल्लामा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको हो ।

संघीयतर्फ पूँजीगत शीर्षकमा ४० करोड ४१ लाख २८ हजार बजेट विनियोजन भएकामा असार महिनामा १३ करोड ४० लाख ११ हजार ७७४ सहित कूल २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ भने प्रदेश कार्यालयमा ८१ करोड १७ लाख ८८ हजार विनियोजन भएकोमा ६२ करोड छ लाख २६ हजार ६९१ खर्च भएको छ । खर्च भएकामध्ये २५ करोड १० लाख १२ हजार २३० असार महिनाको रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पूँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु एक अर्ब २१ करोड ५९ लाख १६ हजार विनियोजन भएकोमा रु ८६ करोड ६१ लख ५२ हजार ७८० खर्च भएको थियो ।

जिल्लामा प्रदेशका १० र संघीय सरकारका ३० कार्यालय छन् । पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४ दशमलव ४५ प्रतिशत अथवा रु ३८ करोड ५० लाख २४ हजार बजेट असार महिनामा खर्च भएको लेखापाल सुमन सुवेदीले बताए । संघीय सरकारको चालुतर्फ तीन अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बजेट विनियोजन भएकोमा तीन अर्ब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४ दशमलव ७२ प्रतिशत खर्च भएको छ ।

यसैगरी गत आर्थिक वर्षमा जिल्लाका संघीय कार्यालयबाट रु १५ करोड २१ लाख ५१ हजार १८४ र प्रदेशका कार्यालयबाट रु दुई करोड ९६ लाख ८ हजार ७८१ राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->