शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गलेश्वरमा भोलीपल्टै सार्वजनिक गरिन्छ भेटी

गलेश्वरमा भोलीपल्टै सार्वजनिक गरिन्छ भेटी


  • हरिकृष्ण गौतम
  • साउन ४ २०७९, बुधबार
बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा भेटी सार्वजनिक गरिदैं ।

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ ।मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ३३ हजार ५५६ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताइन् । ‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ,ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’, कोषाध्क्ष रोकाले भनिन् ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा फिँजारिएर करिव साढे घण्टासम्म गनेर सार्वजनिक गरिएको कोषकी सदस्य गौमायाँ गर्बुजाले बताइन् ।दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । यसपटक पहिलो सोमबार अनुकल मौषमका कारण भक्तजनको भीड लागेको थियो । साउन महिनामा ५ सोमबार परेकाले अन्य सोमबार समेत भक्तजनको भीड लाग्ने अनुमान गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । भक्तजनको सहजताका लागि प्रवेशद्धारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयमसेवक तथा सिसीक्यामेराले समेत निगरानी गरिएको छ । गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट ठूलो संख्यामाश्रद्धालु भक्तजनहरु आएका थिए । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालिगण्डकी नदीबाट जल स्नान गर्ने ब्यवस्था मिलाइएको छ ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणि आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभइ स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->