शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा तीन जनामा कोरोना पुष्टी

बागलुङमा तीन जनामा कोरोना पुष्टी


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

बागलुङ/बागलुङमा फेरी कोरोना सक्रमित देखिन थालेका छन् । बुधवार गरिएको एन्टिजेन्ट परीक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

संक्रमण पुष्टी भएका मध्ये १ जना स्वास्थ्यकर्मी र २ जना बागलुङ नगरपालिका वडा नंं २ का एक महिला र एक पुरुष छन् । उनीहरु तीनै जनालाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । सुरुमा उनीहरु मौषमी रुघाखोकी भन्नेमा बसेपनि देशभरी संक्रमणको ग्राफ बढेपछि कार्यालयले एन्टिजेन्ट परीक्षण गरेको हो ।

बागलुङमा गत फागुनपछि कोरोना संक्रमित भेटिएका थिएनन् । सामान्य रुघाखोकी लागेकाहरुको परीक्षण पनि भएको थिएन । बुधवार भने लक्षण देखिएका बिरामीमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो । उनीहरु तीनैजना आफ्नै घरमा आराम गरिरहेका छन् ।

संक्रमण पुष्टी भएकाहरुमा कुन भेरियन्ट हो भन्ने भने यकिन भएको छैन । कोरोनाका तीन थरी भेरिएन्ट नेपालमा देखिएको भएपनि यो संक्रमण कुन भेरिएन्ट हो भन्ने पत्ता लगाउन पिसिआर नै गर्नुपर्ने घिमिरेले जानकारी दिए । परीक्षणको दर बढाएमा संक्रमण पनि बढ्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->