आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एन्फा कार्यसमिति बैठक स्थगित, अन्तराष्ट्रिय सम्बन्ध प्रमुख बर्खास्तको माग

एन्फा कार्यसमिति बैठक स्थगित, अन्तराष्ट्रिय सम्बन्ध प्रमुख बर्खास्तको माग


  • ढोरपाटन सम्वाददाता
  • साउन ५ २०७९, बिहिबार

पोखरा, ४ साउन– अखिल नेपाल फुटबल संघ (एन्फाको) कार्यसमिति बैठक स्थिगित भएको छ ।

अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको विषयमा पछिल्लो समय एन्फा पदाधिकारीको असन्तुष्टिका कारण बैठक स्थगित भएको हो ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित केही पदाधिकारीले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नै गरेन् ।

हस्ताक्षर नगरेपछि अध्यक्ष पंकज नेम्वाङले बैठक स्थगित भएको जानकारी गराएका थिए । अध्यक्ष नेम्बाङले नियुक्त गरेका अन्तराष्ट्रिष्य सम्बन्ध प्रमुख नवीन पाँडेको बर्खास्तको माग गर्दै विरोध गरेपछि बैठक स्थगित भएको हो ।

नियुक्तिको विषयलाई पंकज पक्षकै पदाधिकारीले निवेदन दिएका थिए । खड्का सहित उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, पुरुषोत्तम थापा, भोजराज शाही, रविन्द्र चन्द, अनिल मल्ल, सरिला श्रेष्ठ, टीका लामा र भरत बुढाथापाको हस्तारक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->