आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेयर कप साइकल दौड प्रतियोगिताको खाना खाजामा बढी खर्च

मेयर कप साइकल दौड प्रतियोगिताको खाना खाजामा बढी खर्च


  • ढोरपाटन सम्वाददाता
  • साउन ७ २०७९, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाले आयोजना गरेको मेयरकप साइकल दौड प्रतियोगितामा खाना खाजामा बढि खर्च भएको देखिएको छ ।

महालेखापरीक्षकको वार्षीक प्रतिवेदन अनुसार महानगरपालकाले मेयर कप साइकल दौड प्रतियोगिता गरी २२ लाख खर्च गरेको छ ।

जसमध्ये सबैभन्दा बढी खर्च खाना, खाजा, अतिथिमा रहेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार खाना,खाजा खर्चमा ५ लाख ३८ हजार १ सय ६६ रुपैयाँ खर्च भएको छ ।

यस्तै मिडियाका लागि भन्दै ३ लाख ४६ हजार ३ सय ४० रुपैयाँ खर्च गरेको छ । प्रतिवेदनमा भनिएको छ,‘ठूलो रकम खर्च भएकोमा सामग्री खरिद, भिडियो, खाजा खाना आदिमा खर्चमा नियन्त्रण गर्नसकिनेमा उक्त काम गरेको देखिएन् ।’

सार्वजानिक गरेको प्रतिवेदन अनुसार कर्मचारीको खाना,खाजामा समेत २ करोड ४० लाख १५ खर्च गरेको छ । उक्त खर्चमा बिल मात्रै आएको देखिएको तर, प्रायोजन भने देखिएको छैन् । (सच्याइएको समाचार)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->