आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ४ गोल

साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ४ गोल


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७९, सोमबार

पोखरा,९ साउन–नेपालले साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि ४–० गोलको सानदार जित निकालेको छ ।

भारतको भुवनेश्वर कालिंका रंगशालामा आजदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सुखद् सुरुवात गरेको हो ।

नेपालका लागि दीपेश गुरुङ, सुगम सुवाल, ऋतिशरत्न छुन्जु, मनग्य नकर्मीले गोल गरे । दीपेशले खेलको ४२ औं मिनेटमा रिबाउन्ड आएको बललाई झण्डै २५ यार्डबाट गोल गरे ।

कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलरक्षकले पन्च गर्दा रिवाउन्ड बलमा उनले प्रहार गरे ।

सुगमले ५८ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । उनले दोस्रो बारमा गरेको प्रहारले जाली चुमेको हो । ऋतिशले ६२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

परिवर्तित मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए । उनी ८३ औं मिनेटमा ऋतिशको ठाँउमा मैदानमा प्रवेश गरेका थिए ।

राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा नेपालले अब बुधबार श्रीलंकासँग खेल्नेछ । साउन १५ गते आयोजक भारतसँग र साउन १७ गते बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->