आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

राष्ट्रिय परिचय पत्र : विवरण भर्न वडामै पुग्दै बिभाग

राष्ट्रिय परिचय पत्र : विवरण भर्न वडामै पुग्दै बिभाग


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७९, मंगलबार
फाईल तस्विर

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङमा दैनीक प्रशासनिक कामका लागि झण्डै तीन सय सर्वसाधारण पुग्छन् । त्यो मध्ये आधा सर्वसाधारण राष्ट्रिय परिचय पत्रको फाराम भर्ने छन् ।

राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । परिचयपत्रको फाराम भरेपछि नम्बर पाईन्छ । त्यो बाहेक काम बिशेषले जिल्ला बाहिर बस्ने र घर फर्किएका बेला राष्ट्रिय परिचय पत्रको फाराम भरेर फर्किनेहरुका कारण प्रशासनमा भीडभाड हुन्छ । प्रशासनमा दिनहुँ लाग्ने भीड अब भने कम हुनेछ । राष्ट्रिय पञ्जीकरण बिभागले बागलुङका वडाहरुमा नै पुगेर राष्ट्रिय परिचय पत्रका लागि फारम भने तयारी थालेकाले जिल्ला प्रशासन धाउनुपर्ने झण्झट अन्त्य हुने भएको हो ।

‘विभागले पहिलो चरणमा दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर अभिमुखीकरण गर्नेछ, त्यो काम मंगलबार नै हुँदैछ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले भने ‘पहिलो चरुणमा अभियान सञ्चालन हुने बागलुङ नगरका १४ वटै वडाका वडाध्यक्ष र सचिवलाई दोस्रो चरणको अभिमुखीकरण गर्ने कार्यतालिका छ ।’

आवश्यक अभिमुखीकरण पछि विभागले नै जनशक्ति परिचालन गरेर वडा वडामा विवरण संकलनको काम गर्ने पौडेलले बताए । उनका अनुसार बागलुङमा राष्ट्रिय परिचय पत्रको फार्म भर्नका लागि ३० जना प्राबिधिक जनशक्ति परिचालन हुनेछ । ‘स्थानीय तहले समन्वय गर्नुहुने छ, विवरण भर्ने प्रबिधिसहित दक्ष प्राबिधिक गाउँमै पुग्नुहुन्छ’ पौडेल भन्छन् ‘अहिले प्रशासनमा भीड लाग्नु पर्दैन्, हामि राष्ट्रिय परिचय पत्रको फारम भर्न गाउँमै आउँछौं ।’

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार दैनीक १ सयदेखी १ सय ३० जनासम्मले फाराम भर्ने गरेको तथ्यांक छ । दुई बर्षदेखि फारा मभर्ने काम भैरहेको भएपनि अहिलेसम्म कसैले परिचय पत्र भने पाएका छैनन् । यसअघि जिल्ला प्रशासन कार्यालबाट मात्रै भइरहेको परिचय पत्रका लागि विवरण संकलनको काम वडा तहबाटै हुँदा प्रशासनमा भैरहेको भीड कम हुने उनको भनाई छ ।

बागलुङका दशव स्थानीय तहका ८५ वडामा विवरण संकलनका लागि आगामी मंसिरसम्म समय लाग्ने विभागले जनाएको छ । बर्षा याममा तोकिएबमोजिम वडाहरुमा पुगेर काम सक्न कठिन हुने भएकाले पहिलो चरणमा भौगोलिक हिसाबले सहज हुने वडाहरुको काम सकेर असोजदेखि कठिन भुगोल भएका वडाहरुमा जाने योजना विभागको छ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गराउन सक्छन् । राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान विभागले आग्रह गरेको छ ।

यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै आवश्यकता पर्छ । विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->