आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी


  • ढोरपाटन सम्वाददाता
  • साउन १० २०७९, मंगलबार

पोखरा, १० साउन–नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ ।

यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो ।

बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषीराम गौतम, प्रचार प्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वय सेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु मायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृती भण्डारीलाई जिम्मेवारी दिएको छ ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्विकृतीका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ ।

त्यस्तै आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न हुने नवौं राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिव ७ करोड खर्च रकम स्विकृतिका मन्त्रालय पठाउने निर्णय समेत गरेको प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->