पोखरा, ११ साउन–लम्जुङको सुन्दरबजार नगरपालिकामा प्रयोग नै नगरिएको सवारीमा इन्धन हालेको भन्दै रकम निकासा गरिएको भेटिएको छ ।
वडाभित्रको मोटरबाटो सडक ग्रावेल गरेको भन्दै इन्धनको रकम लिइएको हो । उक्त कार्यमा १८ हजार ५८ रुपैयाँ इन्धनको नाममा लिइएको छ ।
यस्तै बुढीकन्या चौतारा हुदै खड्केपानी सुत्केरी गाडेको ढुंगा हुदै सेवा मन्दिरबाटोमा रोलर चलाएको भन्दै १५ हजार ५ सय ३२ रुपैयाँ निकासा गरेको खेलेको हो ।
महालेखा परीक्षण प्रतिवेदनका अनुसार प्रयोग नै नगरेको रोलरको नाममा रकम निकासा भएको र उक्त रकम असुल गर्नुपर्ने देखिएको छ ।
महालेखा प्रतिवेदनमा लेखिएको छ, ‘सार्वजानिक खरिद नियमावली, २०६४ को नियम १० मा सार्वजानिक निकायले लागत अनुमान तयार गर्दा मालसामान स्थलगत रुपमा उपलब्ध हुने वा नहुने अध्ययन गरी दररेट निर्धारण समितिले तोकेको दरमा लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ ।
कार्यालयले विभिन्न भौ.नं.बाट विभिन्न मोटरबाटो सडक ग्रावेल गर्ने कार्यका लागि ग्राभेल सववेसको काममा रोलर नगरेको तर रोलरको लागि इन्धन खपत देखाउँदाप्रति घनमिटर ६६ को दरले रेट निकाली कुल रु १२७९.५ ले ग्राभेलको काममा भुक्तानी गर्दा देहायअनुसार बढी भुक्तानी भएको रकममा उपभोक्ताको अंश कट्टा गरी बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु ३३५९०’





