आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सन्देश मेमोरियल च्याम्पियन

सन्देश मेमोरियल च्याम्पियन


  • ढोरपाटन सम्वाददाता
  • साउन १२ २०७९, बिहिबार

पोखरा, १२ साउन– प्रथम बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधी सन्देश मेमोरियलले उचालेको छ ।

पोखरा २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोलले हराउँदै च्याम्पियन बनेको हो ।

च्याम्पियन मेमोरियलले ६० हजार र उपविजेता बनेको रत्नचोकले ३० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताबाट प्रनिल रानाभाट सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका रुपमा सैनिक एफसीका सुजन भण्डारी र उत्कृष्ट गोलरक्षक सन्देश मेमोरियलका विजय गुुरुङ घोषित हुदैं क्रमशः २५ सय , २ हजार र २ हजारसहित ट्रफी प्रमाणपत्र हात पारे । कुल २६ टिमको सहभागिता रहेको थियो ।

७ जना राष्ट्रिय खेलाडीलाई सम्मान

फुटसल प्रतियोगिताको अवसरमा ७ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।

राष्ट्रिय फुटबल टोलिका सुमित श्रेष्ठ (हाल साफ च्यापियनसीप खेल्दै भारतमा), गोल रक्षक विश्वास क्षेत्री र मान बहादुुर तामाङ, विमल राना, त्रिदेव गुुरुङ, दिप कार्की र अजित भण्डारीलाई सम्मान गरेको हो ।

यसैबीच कार्यक्रममा आदर्श क्लबका ७ जना जुनियर ७ जना खेलाडीहरुलाई जर्सी र बुट सहयोग गरिएको थियो ।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई गण्डकी फुटसलका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य राजन गुुरुङ, भुतपूर्व आदर्श क्लबका क्या. बासुदेव गुुरुङ, चन्द्रधोज गुरुङ परिवार लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->