आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एक हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या

एक हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या


  • ढोरपाटन सम्वाददाता
  • साउन १२ २०७९, बिहिबार

पोखरा, १२ साउन–बुधबार विहान साढे ९ बजे रुपन्देहीको कञ्चन गाउँपालिका १ डेलरमा ३१ वर्षकी साबित्री थापा क्षेत्री सुत्ने कोठामा मृत अवस्थामा भेटिइन् ।

परिवारसँग बस्दै आएकी थापा सुतेको कोठामा रगत बगेको, र भित्ताहरुमा रगतका छिटाहरु र कपालमा काठका टुक्राहरु र टाउकोमा गहिरो चोट देखियो ।

उनको त्यो अवस्थादेख्दा विभत्स तरिकाले हत्या गरेको सामान्य तरिकाले नै पुष्टि भएको थियो । शरिरका विभिन्न भागमा समेत निलडाम देखिएको थियो ।

घटनाले नै हत्या भएको आंशकामा उनका श्रीमान् यमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लियो ।

३३ वर्षका थापाले सावित्रीले एक हजार रुपैयाँ चोरेको आरोपमा उनको हत्या गरेको खुल्न आएको छ । मंगलबार साँझ थापाले सोमबार १ हजार रुपैयाँ चोरेर रक्सी खाएको उनको आरोप छ ।

मंगलबार राती सावित्री भुईँमा र थापा र उनका छोरा खाटमा सुतेका थिए । सोही दिन राती हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट यामबहादु रातको करिब २ बजेतको समयमा सुतेको श्रीमतीलाई उठाएर पैसा नसोधी लिएको भनि सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकि हत्या गरेको खुल्न आएको हो ।

उनी विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि अनुसन्धान भइरहेको इलाका प्रहरी सालझण्डीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->