आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

माटो जोगाउन दौड

माटो जोगाउन दौड


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७९, शुक्रबार

बागलुङ, १३ साउन– माटो बचाउने अभियान लिएर नेपाल भर दौडेका युवा बागलुङ आइपुगेका छन् । पर्वतको जलजला घर भई माटो जोगाउ अभियानमा लागेका नविन पुन र उनको सहयोगी बागलुङ आएका हुन् ।
बिहिबार उनीहरुले पत्रकार भेटघाटमार्फत आफ्नो अभियान बारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा पुनले माटोमा हुने उत्पादकत्व घटेर हरेक बर्ष ८ एकड माटो मरुभूमी बन्दै गएको बताए । उनले रसाइनिक मल प्रयोग गरेर माटो सबैभन्दाबढी मरुभूमिकरण बनेको भन्दै जैबिक मलमा जोड दिन नसके देशै मरुभूमि बन्ने चिन्ता व्यक्त गरे ।
माटो जोगाउन नसकेमा मानव जीवन मात्र नभइ सबै प्रकारका जीवको अस्तित्व समेत लोप हुने भएकोले सचेतना फैलाउन दौडेको बताए । उनले ३ हजार ५ सय किलोमीटर दौडने लक्षले हिडेको ४६ औं दिनमा १ हजार ८ सय किमी दौडिसकेको बताए । ‘हामीसँग समय छैन, त्यसैले दौडेको हुँ’ उनले भने, ‘अब सबै मिलेर माटो बचाउने काममा लाग्नु पर्छ ।’ बिग्रेको राजनीति सपार्न सजिलो होला, माटो बिग्रेपछि मानव जीवननै संकटमा पर्छ भन्दै अभियानमा होमिएको उनले बताए । बैज्ञानिकहरुको सल्लाहले अभियानमा हिडेको उनले बताए ।
हरेक दिन ४० देखि ६० किमी सम्म दौडेका पुनले कुनै दिन भने ७५ किमी सम्म यात्रा गरेको रेकर्ड छ । यो अभियानमा उनको सपोर्टको लागि दुइजना सहयोगी गाडिमा आएका छन् । बागलुङबाट पुन गलकोट तर्फ लागेका छन् । उनको अभियानमा आएका निर्मल श्रेष्ठ र अजय भण्डारीले स्वास्थ्य तथा अन्य क्रियाकलापमा सघाएका छन् । दौड सकेपछि नेपालको अबस्था र माटो जोगाउनुपर्ने कारण सहितको प्रतिवेदन सरकारलाई बुझाउने बताए । मेची महाकाली दौड भएपनि उनले सबै जिल्ला पुग्ने लक्षले अभियान बनाएर हिडेका हुन् । बर्षातको बेला भएर मनाङ, मुस्ताङ लगायतका स्थानमा भने पुग्न नसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->