आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कारागारमा पुस्तकालय स्थापना

कारागारमा पुस्तकालय स्थापना


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

बागलुङ, १४ साउन– नेपाल लाइब्रेरी फाउण्डेसन र अन्तर्राष्ट्रिय बागलुङ समाज मिलेर बागलुङ कारागारमा पुस्तकालय स्थापना गराएका छन् ।
शुक्रवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले पुस्तकालय स्थापनाको शुभारम्भ गरे । उनले कारागारमा बस्ने कैदीबन्दी लाई सुधार्ने लक्षले पुस्तकालय स्थापना भएको बताए । पुस्तक पढेर कैदीबन्दीले मानव जीवन सुधारको बाटो खोज्नुपर्ने समेत बताए ।
कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले अब हरेक नागरिकले पढ्ने लेख्ने अधिकार पाउनुपर्ने भन्दै पुस्तकालयको प्रयोगले आफ्नो क्षमता बढाएर जेल पछिको जीवन सहज बनाउन आग्रह पनि गरे । उक्त कार्यक्रममा सहभागि भएका अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष रमेश भट्टले कारागारहरु अब सजाय गृह नभइ सुधार गृह बन्नुपर्ने बताए । उनले परिबन्धले परेकाहरुले पनि आँफूलाई संहालेर अध्ययनशिल बनाउन आग्रह गरे ।
जेल जीवन बिताएर घर फर्केपछि आफ्नो क्षमता बढाएर कृषि कर्म गर्नेदेखि अन्य क्रियाकलाप गर्न सकुन भनेर सोही प्रकृतिका ७ सय पुस्तकसहितको पुस्तकालय बनाइएको उनले जानकारी दिए । बागलुङ कारागारमा ५० जनाको क्षमता भएको पुरुष खाना तर्फ १ सय ६२ जना र २० जनाको क्षमता भएको महिला खाना तर्फ ९ जना महिला र २ बालक गरी ११ जना रहेका छन् । फाउण्डेसनले भने पुस्तकालयको क्षमता बढाएर लैजाने लक्ष्य समेत बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->