आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त

गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

पोखरा, १४ साउन– गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त गौतम चयन भएका छन् । क्लवको उपाध्यक्षमा शिक्षातर्फ श्रीविद्या आर कायस्थ, सदस्य विस्तारतर्फ उपाध्यक्षमा प्रकास रेग्मी, जनसञ्चार उपाध्यक्षमा आदित्यदेव प्रजु, महासचिवमा सुरज गुरुङ, कोषाध्यक्षमा विवेक श्रेष्ठ चयन भए । सदस्यमा महिमा प्रिति शेरचन तथा निवर्तमान अध्यक्षमा बैभव पौडेल रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई क्लवका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले सपथ ग्रहण गराउँदै क्लवको गरिमा उँचो पार्न पदाधिकारीहरुलाई आग्रह गरे । निवर्तमान अध्यक्ष वैभव पौडेलले पद हस्तान्तरण गर्दै आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समाजमा स्थापित व्यक्तिहरु रहेको क्लवले आफ्ना सदस्यहरुमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पु¥याउने विश्वास व्यक्त गरे । समारोहमा टोष्टमाष्टर्स गिताञ्जली राठौरले टोष्टमाष्टर्स क्लवको मार्गचित्र, उद्येश्य, गतिविधीबारे अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->