बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

उत्कृष्ट विद्यार्थीको रोजाइमा प्रतिभा

उत्कृष्ट विद्यार्थीको रोजाइमा प्रतिभा


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७९, सोमबार

तस्बिर गुगलबाट

पोखरा, १६ साउन– पोखरामा रहेको प्रतिभा मा.वि उत्कृष्ट विद्यार्थीको रोजाइमा पर्न सफल छ । विगतका वर्षमा जस्तै यस वर्षपनि एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले प्रतिभा मावि रोजेका छन् ।
नर्सरीदेखि कक्षा १० सम्म डिज्नील्याण्डमा अध्ययन गरेर एसईईमा ४ जिपिए प्राप्त गरेकी रितिका पोखरेलको रोजाइमा प्रतिभा परेको छ । प्लस टु अध्ययनको लागि उनको रोजाईमा प्रतिभा परेको हो । कास्की प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थी मध्य ४ जिपिए ल्याउने पोखरेल एक मात्र विद्यार्थी रहेको बताइएको छ ।
रितिकाका बुवा दीपक पोखरेलले २०५२ सालको एसएलसी परीक्षामा प्रतिभा मा.वि प्रथम भएका थिए । उनका दाई रिदेश पोखरेलले पनि प्लस टु प्रतिभामा अध्ययन गरि हाल सिए अध्ययनरत छन् ।
त्यस्तै म्याग्दीको बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीका छात्र बब्लु शाहको रोजाइमा पनि प्रतिभा परेको छ । ३.९५ जिपिए ल्याएर उनले साविकको धौलागिरी अञ्चल प्रथम भएका छन् ।
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको रोजाईमा प्रतिमा मावि पर्दा आफूहरुले गौरव महसुस गरिरहेको अध्यक्ष नारायण पौडेलले बताए । ‘विद्यार्थीको उज्ज्वल भविष्यको लागि हामीले उत्कृष्ट शिक्षा प्रदान गर्न सफल छौं,’ उनले भने, ‘आगामी दिनमा पनि विद्यार्थी र अभिभावकलाई गौरव हुने गरी शिक्षण गर्नेछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->