बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडाध्यक्षको अबैध सम्बन्ध र बहुबिबाह भएको खुलासा

वडाध्यक्षको अबैध सम्बन्ध र बहुबिबाह भएको खुलासा


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७९, सोमबार

बागलुङ, १६ साउन– जैमिनी नगरपालिका वडा नंं ९ का अध्यक्ष सन्दिप थापा इन्द्रले बहुबिबाह गरेका छन् । उनले अबैध रुपमा सम्बन्ध राखेर गर्भवती बनाएपछि ती महिलासँग बिबाह गरेका हुन् ।

यसअघि पनि तीन वटा बिबाह गरिसकेका थापाको यो चौथो पटकको बिबाह भएको जानकारले बताए । हाल घरमा रहेकी पत्नि माइली हुन् । अन्य दुइले छाडिसकेका थिए । ताराखोला घर भएकी २४ बर्षिय युवती सँगको अवैध सम्बन्धपछि गर्भ रहेकोले थापाले बिबाह गरेको खुलासा गरेका हुन् । उनले ती युवतीसँग विवाह गरेको बताएका छन् ।

नेपालको फौजदारी अपराध संहिता २०७४ ले बहुबिबाह लाई गैरकानूनी मानेको छ । त्यस्तो बिबाह गरेमा स्वतह रद्द हुने कानूनी व्यवस्था समेत छ । संहितको दफा १७५ को ४ नम्बर बुँधामा बहुबिबाहलाई अपराध मानेको छ । उक्त अपराधको कसुर हेरेर १ बर्षदेखि ५ बर्षसम्म कैद सजाए र जरिवाना समेत तोकेको छ । सार्वजनिक पदमा बस्नेलाई अझैबढी सजाए हुन सक्छ ।

थापाको घरमा अहिले पनि पत्नि, ३ छोरी र १ छोरा छन् । अबिबाहित छु भन्ने झुटो आश्वासन दिएर थापाले ती युवतीसँग अबैध सम्बन्धमा राखेको र दुइपटक गर्भपतन गराएका थिए । तेस्रो पटकको गर्भ पतन गर्न नमिल्ने भएपछि बिबाह गर्ने आश्वासन दिएर लुकाइ छिपाइ राखेको खुलेको हो । दिदीकी छोरी पढाउन सदरमुकाम बसेकी ती युवती थापाको प्रेम सम्बन्धमा परेकी थिइन् । गर्भवती भएपछि थापाले ती युवतीलाई बिबाह गर्ने आश्वासन दिएका थिए ।

सदरमुकामस्थित एक उद्योगमा काम गर्दै आएकी ती युवतीलाई ५ महिना पहिला थापाले दवाव दिएर जागिरबाट पनि छुटाएका थिए । अहिले भने ती युवती सम्पर्कमा आउन चाहेकी छैनन् । नियमित बस्ने डेरामा समेत आउन छाडेको छिमेकीले बताए । अधिकारकर्मीले खोजी गर्दापनि उनी कोठा छाडेर अन्यत्रै बस्न थालेकी हुन् । थापाले युवतीको माइती पक्षलाइ बिबाह स्विकार्न दवाव दिएका थिए । उनले जेठी पत्निसँग सम्बन्ध बिच्छेद गरेर भएपनि कान्छी राख्ने दाबी गरेका छन् । थापा सोझै सम्पर्कमा आउन नचाहेपछि चिनेजानेकाबाट फोन सम्पर्कमा आएका थिए ।

यो घटनापछि युवतीका माइती पक्ष समेत चिन्तामा छन् । ‘नगर्नु बिबाह गरेको भए छोरीलाई दुःख नदिए हुन्थ्यो’ युवतीकी आमाले भनिन्, ‘पहिला पहिला दुःखसुख बताउने छोरी अहिले सम्पर्कमा आउनै छाडी ।’ थापाको दवावपछि छोरीले समस्या पनि बताउन छाडेको उनले गुनासो गरिन् । जैमिनीका प्रमुख नरबहादुर पुनले घटना बारे नजानकारी नपाएको बताए । थापाको चारित्रिक बिषय थाहा भएपनि बिबाह गरिसकेको थाहा नपाएको बताएका हुन् ।

यस्तो घटनाले महिलाको सुरक्षामा पनि प्रश्न उठेको अधिवक्ता लक्ष्मी बास्कोटाले बताइन् । घरमा पत्नि, छोराछोरी हुँदाहुँदै अर्को बिबाह गर्ने काम अपराध भएको उनले बताइन् । कान्छी पत्निसँग सम्बन्ध जोड्न छोराछोरीकी आमालाई जवरजस्ती सम्बन्ध बिच्छेद गराउन नपाइने समेत उनको धारणा छ । ‘यो गम्भिर बिषय हो, कसैको जीवनमा खेलवाड गर्ने अधिकार छैन’ बाँस्कोटाले भनिन्, ‘सार्वजनिक पद धारण गरेर बस्ने, जे मनलाग्यो त्यही गर्न पाइन्छ ?’ डरधम्कीमा पारेर गरिएका क्रियाकलाप सहमति जस्तो देखिएपनि अपराध नै भएको उनले बताइन् । थापा एमालेबाट वडा अध्यक्षमा निर्वाचित थिए । एमाले अध्यक्ष हिराबहादुर केसीले घटना बिचित्रको भएको भन्दै पार्टी च्यानलबाटपनि अनुसन्धान भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->