म्याग्दी – लगातारको बर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताए । ‘मुख्य अवरुद्ध पन्छाउन समय लाग्छ, सामान्य
अवरोधलाई तत्काल हटाउने गरिएको छ’ प्रमुख प्रजापतिले भने ।
पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उनले बताए । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम रहेको छ । म्याग्दी–काभेभीर सडकको सिमानाको बाँदरजुंगे भिर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रुले जोखिममा परेको छ ।
काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको बताए । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।





